जीवन
भोगाई क्रममा समय परिस्थिति र व्यावहारले मस्तिष्कमा परेको दवाव र प्रभावलाई सांघुरो
परिधिमा संकुचित नगरी विभिन्न घटना र
परिघटनाको समिश्रणका रूपमा केही कुरा लेख्दैछु । प्यारो जिन्दगी¸ असिम सम्झना ।
आ-आफ्नो
पेशा, व्यावसाय, दैनिकी अनुसार सबैले आफुले जीउने जीवन
बेग्लाबेग्लै छन् । कोही जीवन जिइरकेका छन् त कोही जिवन कटाइरहेका छन् । कोही
उपलब्धतामा रमाएका छन् कोही रमाउने चेस्टा गरिरहेका छन् । व्यस्त भिडमा पृथ्वीको
एउटा कुनामा रहेर कोरोनाको डर र त्रासले आजाद नपाएको बन्दी भइरहँदा विगत र
वर्तमानका सबै पलहरू मनसपटलमा खेलाउन पुगेछु ।
बाह्य
दुनिया अवलोकन गरी हेर्दा घर नजिकै बाँसको रूखमा साँझपख च्याँ-च्याँ ध्वनी निकाली
बसिरहेका चरीहरुले आफ्नो ध्वनिको तिव्रता नघटाई गित गायिरहेका छन् । कुलामा खेल्ने
माछाहरू उफ्री-उफ्री खेलिरहेका छन् । वारीमा केराका पातले तपाई जस्तै विशिष्ठ
अतिथि बोलाई रहेका छन् । सूर्य र चन्द्रले समय समयमा आकाशको वादलसँग लुकामारी
खेल्दैछन । घडीको सुई नरोकी दैडिरहेछ । कुकुर¸ बिरालाहरुले मेनरोड कब्जा गरेका छन्
। म बन्दी नियाली रहेको छु¸ सबैको सजीव¸ निर्जीवको समय चक्रको साक्षी बनी बन्द
कोठाबाट । म जस्तै आजादी नपाएकाहरू कोही गाएक भईसके¸कोही कवि¸ कोही टिकटक हिरो भने
कोही प्रवचक यस्तै यस्तै । अनेक रूप¸ अनेक स्थान¸ अनेक पात्रको भुमिकामा आआफ्नो
कौशलता र मेहेनतको बजार मूल्य खोजिरहेका छन् । खास भनौ त आजादीको विकल्पमा रमाउन
अनेकन प्रयास गरी बाध्यता¸ अभाव र दबाबमा मिथ्या मुस्कान देखाई रहेका छन् । सबै
महामारिमा ज्यान जोगाउन र लुक्न तल्लिन छन् । कसैलाई प्रत्येक्ष देख्दा कोही देखेर
चिनिदैनन्¸ कोही चिन्न खोजिदैनन् । समयको चक्र¸ 'अतिथि
देव भव' भन्ने म आम मानिस जस्तै कोही भेट्न आउलान भन्ने डरले
मुलढोका बन्द गरी बसिरहेको छु । बाध्य भएर सेनिजाइजर आगनमै राखेर बन्द कोठाको
झ्यालबाट बाटोमा हिड्ने मान्छे चिहाइरहेछु । धेरै रात बिते¸ दिन कटे¸ दिनहरु
रातजस्तै भए¸ रात झनै निष्पट्ट । आतुर भैसके डियर जिन्दगी¸ आजाद खोजिरहेछु ।
प्रीय
जिन्दगी ! आजादीको कल्पना गर्न बाध्य हुनुमा मेरो नै दोष हो । प्रयाप्तता र
उपलब्धताले कहिल्यै चित्त बुझेन । खरले छाएको घरले भएन¸ मलाई आधुनिक बसाई चाहियो ।
पिउनका लागि कन्चन पानी बग्ने मुल थियो¸ मलाई घरैमा स्विमिङ पुल चाहियो । हिड्ने
गोरेटो थियो¸ मलाई राजमार्ग चाहियो । सास फेर्नलाई सल्लीवनको स्वच्छ हावा काफी
थियो¸ मैले वतासको आतंक खोजे । घरमा उत्पादित ढिडो र साग पच्न छोड्यो¸ पिज्जा र
रोस्ट स्वदिलो लाग्यो । गाउँ विकट भयो¸ City मन पर्न थालेछ ।
आवश्यकता¸ चाहाना र महत्वकांक्षामा रूमलिदा जीवन जिउनुको अर्थ नै बिर्सेछु¸ गोरेटो
नै त्यागेछु¸ अभवको कल्पना गरी जीवन भोगाईको सुन्दरता नै भुलेछु । वास्तवमै
प्रकृति प्रदत्त स्वर्ग त्यागेर वनावटी स्वर्गको परिकल्पना गरिरहेको रहेछु ।
सुन्दर
अतीत कथामा मात्र सिमित भयो । रामायण वा महाभारतको कुनै पात्र जस्तै नियतिको पूर्व
निर्धारित भुमिकामा सबै व्यस्त । सँगै गुच्चा खेल्ने साथीहरसँग भेटघाट हरायो¸
जमघटको ट्रेन्ड ग्रुप च्याटमा सिमित भयो । घर परिवार दशैमा मात्र भेटिने चलन चल्यो
। आमाबुबा¸ गुरूको दर्शन केही विशेष दिनमा फोटो पोस्ट्याउनका लागि मात्र हुन
थाल्यो । पुजा गरी ढोग गर्न देवता समिपमा रहेनन्¸केही देवता नै विदेशबाट किनिए ।
धार्मिक संस्कार तथा चाडवाडले मनोरञ्जन दिन छोड्यो । भेटघाट भिडियो कलमा सिमित भए
। विचारमा विदेशी अव्यावहारिक वाद र प्रतिवादले प्रशय पायो । आत्मियता विद्युतीय
तरंगमा परिवर्तन हुन गयो । साथीभाई फेसबुक¸ टुइटर र इन्स्टाग्राममा लाइक र कमेन्ट
गर्ने पात्रमा सिमित रहे । परिवार वास्तविक परिवार रहेन । समाज रह्यो सामाजिकता
बेचियो । हामी सबैका महत्वकांक्षा¸ कही स्वार्थ पलाएछ । सबै आफु बन्न खोजे¸ आफ्ना
बनाउन कहिल्यै खोजेनन् । परिणाम यस्तै भयो¸ गाउँ सोचे जस्तो गाउँ रहेन¸ टोल घुम्न
लाएक भएन ।
अझ
भनौ काँही जन्मे¸ हुर्केको मलिलो स्वर्ग उजाड भयो¸ काँही तुलसी रोप्न ठाउँ नभएको जमिनले
बस्ति थेगी नसक्नु भयो । कुनै सजीवको जीवनचक्रमा मानव अत्याधिक हावी भयो ।
मान्छेले खाने खाए¸ नखाने खाए¸ गर्ने गरे¸ नगर्ने गरे । समग्र वातावरण र
जीवनचक्रले नै सन्तुलन गुमायो । कोरोना भन्ने माहामारीले विकराल रुप लियो ।
विश्वभर भयावह स्थिति देखियो । हुँदा हुँदा लासको पहिचान हुन नसक्ने अवस्था आयो ।
ताण्डव मच्चिरहेको छ यत्रतत्र । फलस्वरुप छोडिएका स्थान अति प्यारा भएका छन् ।
अमेरिका, युरोप र विदेशको मोहमा कमि आयो । त्यतिमात्र होइन घर बाहिर रहेका
व्यक्तिहरु अस्वस्थ भई फर्केलान भन्ने डरले पवित्र भूमि झन त्रसित भएको छ । जीवन
जोखिम¸ सर्वत्र लकडाउन र बन्धन¸ स्वतन्त्रताको धज्जी उड्यो । समस्या समाधानका लागि
प्रयास त विश्वभर अनेकन देखिए¸ नतिजा शुन्य । न औषधि भेटियो र न प्रभावकारी उपचार
नै । त्यही भिडमा केही चिन्ता र केही त्रासले बन्द कोठामा फटिग जिन्दगी जिइरहेको
छु । त्यसैले त म पुन: सेड्युलको दिनचर्यामा रमाउन चाहान्छु
। पिँजडाको चरी बन्ने रहर छैन¸ खुला संसार देख्ने आसामा छु । प्रीय जिन्दगी¸ आजादी
खोज्दैछु ।
सर्बत्र
चुनौति थपिएर राज्य नै लरखराई रहेको छ । रेमिट्यान्सबाट चलेको देशमा झन् बढी
आर्थिक संकटको भय देखिन्छ । यद्यपी राम्रो काम गर्नेलाई कौशलता देखाउने अवसर
प्राप्त भएको छ । यहाँ मानवताको परीक्षाको घडी चलिरहेको छ । सबै धैर्यता र
सहनशीलता आवश्यक देखिएको छ । जो कसैको असावधानीले उच्च जोखिम सृजना हुने संभावना
यथावत छ । यद्यपी कोही मिडियामा पोस्टिनका लागि मात्र दानविर बनिरहेका छन् त कोही
व्रह्मलुटका अनेक उपाय सोच्न तल्लिन छन्¸ ब्यस्त छन् । नीति र नेताले विशेषता
गुमाउन थाले । लंकामा युद्ध चलेझै भा'छ । न
वैद्यराज छन्¸ न संजिवनी बुटी नै छ । यस चुनौतिमा श्री हनुमानले हिमालय पर्वत उठाए
जस्तो कार्य गर्ने साहास राख्छन वा आफ्नो दुनो सोझाउछन् । मौन बसी नियालिरहेको छु
।
विभिन्न
तरिकाले मानिसहरुको विश्वव्यापी पहुँच भएसँगै यसैको असर स्वरुप जोखिम बढी देखियो ।
यसले सबैको विगतको समय स्मरण गराएको छ । बाध्यात्मक रुपमै भए पनि उहि मुलको पनी¸
गोरेटो हिडाई¸ गुन्द्रुकको स्वाद आदिको पुन: ताजगी
गराएको छ । बाह्य मोह भन्दा भुमि बैंक (Land Bank) उत्तम
विकल्प देखिन्छ । अधिकलाई कामै नगरी कोठाभित्र बस्नुपर्ने सजाय मिलेको छ । व्यक्तिगत¸
सामाजिक र राजनीतिक जीवन खल्वलिएको छ । नियमित कामकाज र दिनचर्याको फेरिएको छ । विगतको
सन्तुलित जीवन चाहिरहेका छ । मेशिन जिन्दगीको कुनै फिक्री छैन । केही रहरले त कोही
बाध्यताले विचलित भयौ । जो जसरी भए पनि जन्मभुमिको गोधप्रति सम्मान र विश्वास गरौ
। विगतमा भए गरेका कार्यको मूल्यांकन गरौ । व्यक्तिगत रुपमा विभिन्न समयको
कालखण्डमा भएका कार्य मनन गरी कमजोरीलाई सुधारौ । वास्तविकता र उपलब्धतामा सन्तोष
हुन सकौँ¸ धर्म र नैतिकता नबिर्सौँ¸ पुण्य भूमिमा स्थायी सन्तुलन होस्¸ ईश्वरले
सबै नेपालीको कल्याण गरुन्¸ सबै स्वस्थ रहुन्¸ कसैको शरीर र विचारमा कोरोना
नलागोस्¸ सबैलाई संकटबाट मुक्ति मिलोस् । यहि कामना गर्दछु । साथै पुन: आजादीको प्रतिक्षामा छुँ ।
यो लेख जनतासमाचार अनलाईन पत्रिकामा समेत प्रकाशन भएको ।
Dammi xa.
ReplyDelete