जीवन
भोगाई क्रममा समय परिस्थिति र व्यावहारले मस्तिष्कमा परेको दवाव र प्रभावलाई सांघुरो
परिधिमा संकुचित नगरी विभिन्न घटना र
परिघटनाको समिश्रणका रूपमा केही कुरा लेख्दैछु । प्यारो जिन्दगी¸ असिम सम्झना ।
आ-आफ्नो
पेशा, व्यावसाय, दैनिकी अनुसार सबैले आफुले जीउने जीवन
बेग्लाबेग्लै छन् । कोही जीवन जिइरकेका छन् त कोही जिवन कटाइरहेका छन् । कोही
उपलब्धतामा रमाएका छन् कोही रमाउने चेस्टा गरिरहेका छन् । व्यस्त भिडमा पृथ्वीको
एउटा कुनामा रहेर कोरोनाको डर र त्रासले आजाद नपाएको बन्दी भइरहँदा विगत र
वर्तमानका सबै पलहरू मनसपटलमा खेलाउन पुगेछु ।
बाह्य
दुनिया अवलोकन गरी हेर्दा घर नजिकै बाँसको रूखमा साँझपख च्याँ-च्याँ ध्वनी निकाली
बसिरहेका चरीहरुले आफ्नो ध्वनिको तिव्रता नघटाई गित गायिरहेका छन् । कुलामा खेल्ने
माछाहरू उफ्री-उफ्री खेलिरहेका छन् । वारीमा केराका पातले तपाई जस्तै विशिष्ठ
अतिथि बोलाई रहेका छन् । सूर्य र चन्द्रले समय समयमा आकाशको वादलसँग लुकामारी
खेल्दैछन । घडीको सुई नरोकी दैडिरहेछ । कुकुर¸ बिरालाहरुले मेनरोड कब्जा गरेका छन्
। म बन्दी नियाली रहेको छु¸ सबैको सजीव¸ निर्जीवको समय चक्रको साक्षी बनी बन्द
कोठाबाट । म जस्तै आजादी नपाएकाहरू कोही गाएक भईसके¸कोही कवि¸ कोही टिकटक हिरो भने
कोही प्रवचक यस्तै यस्तै । अनेक रूप¸ अनेक स्थान¸ अनेक पात्रको भुमिकामा आआफ्नो
कौशलता र मेहेनतको बजार मूल्य खोजिरहेका छन् । खास भनौ त आजादीको विकल्पमा रमाउन
अनेकन प्रयास गरी बाध्यता¸ अभाव र दबाबमा मिथ्या मुस्कान देखाई रहेका छन् । सबै
महामारिमा ज्यान जोगाउन र लुक्न तल्लिन छन् । कसैलाई प्रत्येक्ष देख्दा कोही देखेर
चिनिदैनन्¸ कोही चिन्न खोजिदैनन् । समयको चक्र¸ 'अतिथि
देव भव' भन्ने म आम मानिस जस्तै कोही भेट्न आउलान भन्ने डरले
मुलढोका बन्द गरी बसिरहेको छु । बाध्य भएर सेनिजाइजर आगनमै राखेर बन्द कोठाको
झ्यालबाट बाटोमा हिड्ने मान्छे चिहाइरहेछु । धेरै रात बिते¸ दिन कटे¸ दिनहरु
रातजस्तै भए¸ रात झनै निष्पट्ट । आतुर भैसके डियर जिन्दगी¸ आजाद खोजिरहेछु ।