अचम्मै
बाईक हाँस्यो😍😍, नहाँसोस त कसरी १० लिटर पेट्रोलको कुपन
जो पाएको छ । हिज अस्ती घ्यार-घ्यार गर्दै बन्द हुँदा इन्जिन माथिको
स्वीच जो उठाउन पर्दथ्यो । आज स्वीच नी आरामले जमिन हेरी रहेछ, गति नी औषत भइरहेछ ।
गन्तव्य लामो अनि
तीव्र गति नरोकी दौडने, घडीको सुई जस्तै । तर आज सेल सकिए झै
भाछ किनकि वेग जो कम छ । कुनै हतार,
आपत विपद् छैन ।
खुसी हुन कुनै ठूलो कारण नै चाहिन्न,
आफैलाई कर पनि लाग्ने र तिर्न पर्ने
नमस्ते क्रेडिट पाउँदा त उन्माद खुसी हुने म आफ्नै बाइक हाँस्दा कसरी मौन रहन सकुँ
। यहाँ त खुसी डवल, हाँसो चौवल वाइकका नसा नसा हड्डी
हड्डी हाँसीरहेछन । मन नी हर्षित भैरहेछ ।
सोचिरहेछु-सडकमा गएर कसैलाई लिफ्टको अफर गरौ र भनौ सेवा नै परम धर्म हो, चाहे गफै किन नहोस् ।
गोजीमा पैसा हुँदा होस् वा नहुँदा १/२ लिटर बढाएर त हालिएन प्राय । खास भनौ
त सवै भागको खिया नी भिज्न पाउदैन होला आफ्नो हलाईले । तर अचानक आजत हाँस्यो मोरो
हाँसोको आवाज निकाल्न सक्ने भए चिच्चाएर भन्थ्यो होला छिमेकीले सुन्ने गरी आज
दुनियामा सबैभन्दा बढी खुसी स्वयम् उ छ भनेर, हल्लाइ हल्लाइ भर्न जो पाएको छ । कुनै भाग होस
नभिजेको अहं छैन । ५०० किलोमिटर यात्राको असल साथी हुने भयो चाहे मर्निंगवाक होस्
चाहे चाहे भिजिट ।
कतिपय अवस्थामा रकम र सामानको तुलन गर्न सकिन्न जस्तै ११० रुपैया र रु ११०
को पेट्रोल भलै ११० रुपैयाले अन्य कुनैपनि सामान जो किन नआओस् । त्यसो त कति चिया
गफमा २/३ सय रुपैया नी खर्च भए होला तर एक थोपा
पेट्रोल फाल्तु खर्च भाको छैन । दौडेरै सहयोग गर्या छ ।
प्रत्येक थोपामा मलाई सहयोग गर्ने, दैनिक आधाआधि समय सँगै विताउने मेरो प्रीय आज अचानक अघाएर
पेट मिचिमिचि हाँसीरहेछ मुसुमुसु । त्यसको गतिमा औषतपना आइरहेछ, टाइम- टाइममा खित्का छोडिरहेछ । धन्य डोनर 😄😄 मेरो बाईकलाई यस अवसरका लागि । मेरो बाईक साँच्चै हाँस्यो
हाँसिरहोस् । बसन्तमा कोइलीजस्तै, पिँजराबाट निस्केको चरीजस्तै, पूर्णीमाको जुन जस्तै, असारेको जुनकिरीजस्तै, वर्षातको इन्द्रेणी जस्तै रमाईरहोस् । हरेक सफलताको
सहयात्री बनोस्, मुस्कानमा कहिल्यै कमि नहोस् प्रीय १२५cc साईन् ।
0 comments:
Post a Comment