"मलाई
मेरा पुराना बेरोजगारीका दिन प्यारा लाग्न थालेका छन । किन भने त्यस ताका मसंग
केही नभएपनि मेरा आसलाग्दा सपनाहरु थिए । तर आज भोलि सपनाहरु ऐनको बन्दी बनेका छन
।" -
हिजआज केही नवप्रवेशी तथा महत्वकांक्षी
थाङ\नेहरुले
फेसवुकका वालमा गरेको घतलाग्दो पोस्ट ।
निजामति सेवाको इतिहास, सोका विभिन्न कालखण्डका संक्रमणकाल सर्वविदितै छ ।
पटक पटकका राजनीतिक अस्थिरता, जटिलता र
परिवर्तनमा कर्मचारीको भूमिका बारेमा जति हामी
अध्ययन गरेर जान्छ सक्दछौ कैयन गुणा त्यो भन्दा वढी अनुभव गरेका अधिकांश कर्मचारी
सेवामै हुनुहुन्छ । लामो समयको राजनैतिक रिक्तता र सरकार विहिनताको अवस्थामा समेत
वलिदानी दिएर काम गर्ने कर्मचारी प्रति हृदयदेखी नै सम्मान गर्न चाहान्छु,
जसले आफ्नो महत्तम क्षमता र विशिष्ठता प्रयोग
गर्दै हालसम्म सम्मान गर्न लाएकको बनाउनका साथै हालका राज्यप्रेमी युवाहरुलाई सेवा
गर्ने सपना देख्ने वनाउन सके ।
राज्यले युगान्तकारी परिवर्तन रुपमा संघीयता पायो । साधन, श्रोत र शक्तिको विकेन्द्रकरण भयो अव त संघीयताप्रेमी
कर्मचारीले सबै राजनीतिक निर्णय कार्यान्वयन गर्दा उच्च मनोवलसाथ गर्न सक्ने
अवस्था आउला सोच्यो अधिकांश सन्तुष्टि छैन । कारण कर्मचारी समायोजनको नानाथरी
बुख्याचा । सेवा प्रवेशका लागि तयारी मात्र गरीरहेको भए विकल्प सोच्थे होला
अधिकाशंले । यसमा कर्मचारी वर्ग जो आफै हिडेको बाटो फर्केर हेर्न चाहान्नन वा अनविज्ञ देखिएका जनाकार छन् ।
संघीय राज्यका कर्मचारीलाई राज्यले चाहेको समयमा जुनसुकै स्थानमा
पठाई सेवा प्रवाह गराउदा वास्तवमा समस्या के छ? वा सबैलाई २।२ वर्ष संघ, प्रदेश वा स्थानीयमा सेवा गर्ने गरी नियम लगाई
हाल सबैलाई पुल दरवन्दीमा राख्दा कुन चाही व्यक्तिलाई असन्तुष्टि होला ?
केही व्यक्तिको मनोकाक्षांमा सबै प्रपन्च रचना
भएको छ । यसको प्रतिफल तिनले आफ्ना सन्ततिले पाउनेछन भन्ने कल्पना गरेका छैनन् ।
वृति विकासका निश्चत आधार भएको, कर्मचारी प्रशासनको मियो,
अनुमानयोग्यता केके लेख्दा सवालको आकर्षक उत्तर
बन्छ त्यो सबै जाचकीलाई ठगेर नम्बर बढी ल्याउने जुक्ति बाहेक केही रहेनछ । जुन लेखाई
र भोगाइमा विलकुल फरक हो कि कतै । यसमा उच्च प्रशासकको भूमिका,
हिजअस्ति ट्रेड युनियनको नारा लगाएर बस्ने
कर्मचारी नेताको भूमिका र सिनियर कर्मचारीको भूमिकामा किन सन्तोषजनक पहलकदमी नभएको
होला ।
सन्दर्भ उच्च प्रशासनकको, जुनबाटो आज तिनीहरु उक्त पदमा बसेर यी
निर्णयहरु गर्दै छन, सोही प्रकार अवको १५/२० वर्ष पछि एउटा जेहेन्दार कुनै विकट गाँउको
व्यक्ति पुग्ने क्षमता राख्दछ भने त्यसको बाटो किन बन्द गर्नु ? कि ती प्रशासकका तिनपुस्ने अव कोही सरकारी
सेवा गर्न नपर्ने वा नहुने बनाइसके ? नगरि छोड्दैन भन्न
अडान राखी काम गरे प्रतिफल कस्तो आउला ?
तेस्तै यसमा ट्रेड युनियनको भुमिका के त ? ट्रेड आन्दोलन मजदुरका लागि आवश्यक
मात्र हैन जरुरी पनि हो । अपसोस ट्रेड युनियनका
पदमा रहेर कर्मचारी हितविपरितका निर्णयलाई अन्धभक्त भई सहसिद्धान्तको प्रगतिको
नारा लगाइन्छ,
त्यो मजदुरको व्यवहार होइन । तिनबाट के अपेक्षा ? दही
जमाएर बसेका ट्रेड युनियनका पदाधिकारीहरु आधिकारिक चुनावबाट निर्वाचित भएर आफ्नो
अस्तित्व त खोज्न सकेनन् कर्मचारीको हितका काम गर्लान भन्ने झिनो संभावनाको पनि शमशानघाट पुर्याइ छोडे । हाल समायोजनका
नाममा बृति विकासको सवै बाटो रोक्दा चुप लाग्ने ट्रेड युनियनको केन्द्रिय नेताजीहरु
आफ्नै अर्धागिनी अर्काको सति जादा समेत साक्षी बस्न तयार छन जस्तो लाग्यो ।
राज्यको हालको संरचनामा खटिएका कुन कर्मचारी स्थानीयमा गएको छैन र ? तिम्रो भूमिका देखी तिम्रा सन्ततिले सराप्नेछन् ।
कुरो सिनियरहरुको, व्यक्तिगत अपेक्षा धेरै नभएतापनि केही थान
कर्मचारीलाई पछिल्ला दिनमा सोध्ने मन लाग्यो र सोधे । तपाईलाई फिर्ता हुने कुनै बाटो
नै नराखेर पठाउने कुरो कस्तो लाग्यो ? जवाफ आयो "नासुमा सिनियर छु संघमै पर्छु"
यो त भयो निज वरिष्ठको वास्तविक कुरो त्यस्तै
श्रेणीविहिन सिनियर, खरदारसाप सिनियर,
हाकिमसाप सिनियरको व्यहोरा पनि यही त होला ।
अनि दिनगन्ति बाँकी रहेका जीवित मुर्तीहरु उनीहरु बोल्ने कुरै के छ र ?
अति तिनीहरुले त सुविधा पाउलान भावी कर्मचारीले
तिनबाट गरेको अपेक्षा यही होला त?
हो नी, सबै तह र तप्काका कर्मचारीको आआफ्नै स्वार्थ छ
। अनि,
कसरी एकै किसिमको मापदण्ड तयारको आधार वन्छ । जुनप्रकार राजनैतिक नेतृत्व छ,
कर्मचारी नेतृत्व नी उतै अनी त्यसबाट कसरी अधिक
व्यक्तिको हितका लागि मुटु वलियो बनाएर माग राख्न सकुन । केही-केहीले विज्ञप्ती सम्म निकाले तर आधिकारिक र
नेतृत्व नजिककाले धारणा समेत राख्नेले त त्यतिको क्षमता नै राखेनन् । यति सम्म निरिह भएर झोला बोक्लान अनि कुद्लान भन्ने
शंका नै थिए । अवको बाटो यिनीहरुको के हुन्छ हेर्न बाँकी छ ।
समग्रमा संघीयता कार्यान्वयनमा कर्मचारी हरेक कष्ठ वहन गर्न तयार छन
। तिनीहरुको अपेक्षा भनेको थोरवहुत केही वृति विकासको संभावना राखियोस भन्ने हो ।
केही व्यक्तिको स्वार्थमा सिंगो संरचनालाई दशैको बलि वनाइदैछ । तिन दशक भन्दा बढि
सेवा अवधि बाकी भएकालाई सेवा प्रवेशको समयमै कपाल फुल्ने दिन गन्न लगाउनुले
प्रयाप्त वृति विकास होला जस्ता लाग्दैन । सेवामा नवप्रवर्द्धन जरुरी छ र आगामी
बाटो फराकिलो हुन आवश्यक देखिन्छ ।
(यी मेरा निजी विचार हुन,
कसैलाई
चोट पुर्याउने नियत लेखेको हैन, कसैलाई त्यसो लागेमा क्षमा चाहान्छु । )